सरकारको नीति तथा कार्यक्रम

सरकारले अनावश्यक कार्यालय र संघसंस्था खारेज गर्ने

सरकारले खर्च कटौतीका लागि अनावश्यक कार्यालय, संघसंस्था, समिति खारेज गर्ने भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् ।

काममा दोहोरोपन भएका, उद्देश्य अनुरुप काम नभएका, असान्दर्भिक भएका विकास समिति, कोषहरु एकआपसमा गाभिने वा खारेज गर्ने पौडेलले बताए ।

सरकारले रासायनिक मल उत्पादन गर्ने कारखाना स्थापना गर्न बहुवर्षीय योजना तयार गरी कार्यान्वयनमा ल्याउने घोषणा गरेको छ। साथै स्थानीय तहमा जैविक मल कारखाना स्थापना गर्न पञ्चवर्षीय योजना ल्याइने र मल अभावको समस्या हटाउने सरकारले बताएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर