सरकारको नीति तथा कार्यक्रम

सेना, प्रहरी र सशस्त्रलाई यस्तो छ सरकारको योजना

सरकारले सेनाको बंकर टु ब्यारेक योजनालाई पूर्णता दिने, सशस्त्र प्रहरीका सीमा पोस्टहरुको संख्या बढाउने र नेपाल प्रहरीलाई अत्याधुनिक अनुसन्धान उपकरण व्यवस्था गर्ने घोषणा गरेको छ ।

आगामी आर्थिक वर्ष २०८०/८१ को लागि आज सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सेना, सशस्त्र प्रहरी र नेपाली प्रहरीको सुधारका क्षेत्रमा सरकारको योजना प्रस्तुत गरेका हुन् ।

सबै सुरक्षा निकायको क्षमता अभिवृद्धि गरिने सरकारले जनाएको छ । सुरक्षा तथा प्रतिरक्षाका लागि आवश्यक गोलिगठ्ठा, विस्फोटक पदार्थ, सुरक्षाकर्मीको पोसाक लगायतमा आत्मनिर्भर अभिवृद्धि गरिनेछ । सबै सुरक्षाकर्मीलाई आधारभूत सुविधासहित भौतिक पूर्वाधारको व्यवस्था गरिने पनि सरकारले जनाएको छ ।

राष्ट्रपति पौडेलले सीमा सुरक्षाका लागि बोर्डर आउट पोस्ट (बीओपी)को सुदृढीकरण र संख्या बढाउने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर