नीति तथा कार्यक्रमले जनतालाई सम्बोधन गरेको छ : मन्त्री ज्वाला

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सरकारको नीति तथा कार्यक्रममा जनतालाई सम्बोधन गर्ने किसिमका कार्यक्रमहरू समावेश रहेको बताएका छन्।

शनिबार समाजवादी प्रेस संगठन नेपाल, काठमाडौं जिल्ला शाखाको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।

उनले गठबन्धनको सरकार राष्ट्रपति जनताप्रति समर्पित भएर काममा लागेको बताए। उनले वर्तमान सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई बजेटले पूर्ण रूपमा समर्थन गर्ने उल्लेख गरे।

उनले गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रमलाई केन्द्रबिन्दुमा राखेर सरकारको नीति तथा कार्यक्रम बनाएको बताए।

उनले पछिल्ला समस्यालाई समाधान गर्ने, अर्थतन्त्रमा नयाँ मोड ल्याउने, अर्थतन्त्रलाई लयमा फर्काउने र जनताको सेवा सुविधालाई ध्यानमा राखेर काम गर्ने गरी बजेट ल्याउने तयारी रहेको बताए।

मन्त्री ज्वालाले भ्रष्टाचार प्रकरणमा कुनै आग्रह–पूर्वाग्रहबिना अनुसन्धान भइरहेको बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *