स्वास्थ्यमन्त्री बस्नेत जेनेभा प्रस्थान

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को ७६ औं महासभामा भाग लिन स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत स्विट्जरल्याण्डको जेनेभा प्रस्थान गरेका छन्। उनका साथमा मन्त्रालयका अतिरिक्त सचिव डा. विकास देवकोटासहित ६ जना छन्।

यही जेठ ७ गतेदेखि १६ गते (मे २१ देखि ३० गते) सम्म हुने सभामा डब्ल्यूएचओको नीति निर्धारण गर्ने, वित्तिय नीतिको सुपरिवेक्षण गर्ने, र प्रस्तावित कार्यक्रम बजेटको पुनरावलोकन र अनुमोदन गर्ने जनाइएको छ।
.

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर