सरकारप्रतिको अविश्वास अभूतपूर्व ढंगले बढेको छ : ओली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनताको सरकारप्रतिको अविश्वास अभूतपूर्व रूपमा बढेको दाबी गरेका छन्।

आइतबार सरकारले संघीय संसदमा पेस गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले सो दाबी गरेका हुन्।

मुलुकको अर्थतन्त्र संकटापन्न अवस्थामा रहेको र सामाजिक तथा सांस्कृतिक क्षेत्रमा अस्वाभाविक गतिविधिहरू बढ्दा पनि सरकारले सोअनुसारको नीति तथा कार्यक्रम ल्याउन नसकेको जिकिरसमेत अध्यक्ष ओलीले गरे।

उनले सरकार तलब, पेन्सन, सामाजिक सुरक्षा खर्चलगायतका अनिवार्य खर्च व्यवस्थापन गर्न पनि नसक्ने स्थितिमा पुगेको बताए।

उनले भने,‘सरकारप्रति जनताको अविश्वास वास्तवमा भन्नेहो भने अभूतपूर्व ढंगले यो विश्वास ह्रास भएको छ। अविश्वास बढेको छ अभूतपूर्व ढंगले। जनतामा निराशा छ। सामाजिक तथा सांस्कृतिक क्षेत्र अस्वाभाविक गतिविधिहरू बढ्दा छन्। प्रमुख आर्थिक परिसूचकांकहरूले अर्थतन्त्र संकटापन्न भइसकेको देखाएका छन्। सरकार राजस्व उठाउन असफल भइसकेको छ। राजस्वले चालुखर्च तलब, पेन्सन, सामाजिक सुरक्षा भत्तालगायत अनिवार्य खर्च व्यवस्थापनको दायित्वसम्म पनि गर्न नसक्ने स्थितिमा सरकार पुगेको छ।’

ओलीले सरकारले विगतका सरकारका राम्रा कामलाई समेत नीति तथा कार्यक्रममा समावेश गर्न नसेकेको भन्दै आपत्तिसमेत जनाए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर