एपीएफ र एसएसबीका डीआईजीहरुको बैठक, सीमा अपराध नियन्त्रण प्रमुख मुद्दा

सशस्त्र प्रहरी बल, नेपाल र सशस्त्र सीमा बल (एसएसबी) का वरिष्ठ अधिकारीबीच सोमबार सीमा समन्वयात्मक बैठक सम्पन्न भएको छ । सशस्त्र प्रहरी बल, नेपाल नं. ७ वैद्यनाथ वाहिनी अत्तरिया कैलालीले आयोजना गरेको बैठकमा भारतबाट दुई जना डीआईजीको नेतृत्वमा सुरक्षा अधिकारीहरु सहभागी भएका थिए ।

बैठकमा दुवै पक्षले सीमा अपराध नियन्त्रणका लागि सहकार्य गर्ने सहमति जनाएका छन । यस्तै सीमाबाट हुने चेलीबेटी बेचबिखन तथा मानव तस्करी रोकथाम, सीमा स्तम्भहरुको सुरक्षा, कोभिड-१९ महामारी रोकथाम र लागुऔषध,हातहतियार तथा विष्पोटक पदार्थ ओसारपसार नियन्त्रणका लागि एकआपसमा सूचनाहरु आदान प्रदान गर्ने सहमति भएको छ ।

दुवै देशका सुरक्षाकर्मीहरुबीच सीमावर्ती इलाकामा हुन सक्ने नक्कली मुद्रा (जाली नोट)  को कारोबारमा निगरानी एवं नियन्त्रण गर्ने विषयमा गम्भीर छलफल भएको थियो ।

दुवै देशका सुरक्षा निकायहरुबीच विभिन्न फौजी अभ्यासहरुसमेत सञ्चालन गर्नेजस्ता विषयहरुमा छलफल भएको सशस्त्र प्रहरीले जनाएको छ । यस्तै आवश्यकताअनुसार समय-समयमा समन्वयात्मक बैठकहरु सञ्चालन गर्ने सहमति भएको हो ।

सीमा सुरक्षा गर्ने, अवैध सामान ओसारपसार नियन्त्रण गर्ने, सीमा इलाकामा सुरक्षात्मक सौहार्दपूर्ण वातावरण बनाइराख्ने लगायतका विषयमा समेत दुवै देशका सुरक्षा निकाय सहमत भएका हुन् ।

बैठकमा भारतीय सशस्त्र सीमा बलको पक्षबाट पिलभित सेक्टरका सेक्टर कमाण्डर डीआईजी अजय कुमार तथा अल्मोडा सेक्टरका सेक्टर कमाण्डर डीआईजी डीएन भोम्बेको सहभागिता रहेको थियो ।

सशस्त्र प्रहरी बल, नेपालको तर्फबाट नं. ७ वैद्यनाथ वाहिनीका वाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानकोे संयोजकत्वमा समकक्षी बैठक सञ्चालन भएको हो ।

नेपाल तथा भारतले सीमा समन्वयात्मक (काउण्टर पार्ट्स) बैठक आलोपालो सञ्चालन गर्दै आइरहेकोमा यस पटक नेपालप क्षबाट उक्त बैठक वैद्यनाथ वाहिनी अत्तरिया कैलालीले आयोजना गरेकाे एसएसपी किरण ढुंगानाले पर्दाफासलाई बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर