जैन इन्टरनेशनल ट्रेडको अध्यक्षमा उद्योगपति कमल बेगानी

जैन इन्टरनेशनल ट्रेड अर्गनाइजेशन नेपाल (जितो फाउन्डेशन) को अध्यक्ष पदमा उद्योगपति कमल बेगानी नियुक्त भएका छन् । अर्गनाइजेशनको तेस्रो साधारणसभाबाट उनी अध्यक्ष पदमा नियुक्त भएका हुन् । उनको कार्यकाल २ वर्ष रहनेछ । उनी नेपालको प्रतिष्ठित व्यापारिक घराना बेगानी ग्रुपको निर्देशक हुन् ।

‘उच्च आर्थिक समृद्धि हासिल गर्ने, विपन्न वर्गको हेरचाह गर्ने र हिंसामुक्त, गरिबीमुक्त र रोगमुक्त संसारमा मानवतालाई समृद्ध बनाउन सक्दो योगदान गर्नेछु,’ उनले भने ‘ज्ञान सेवा र आर्थिक सशक्तीकरणको लागि अहम् योगदान पुर्‍याउनेछु ।’

जैन अन्तर्राष्ट्रिय व्यापार संगठन दूरदर्शी जैनहरूको एक अद्वितीय बहुहितधारक समुदाय रहेको उनले दाबी गरे । ११ देशमा सञ्चालनमा रहेको उक्त संस्थामा विश्वभर १४ हजार व्यावसायी आबद्ध रहेका छन् । सन् २०२० देखि यसले नेपालमा सक्रिय रूपमा कार्य गदै आइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर