चलचित्र क्षेत्रलाई राजनीतिबाट मुक्त राख्नुपर्छ : अध्यक्ष तिमिल्सिना

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले चलचित्र क्षेत्रमा राजनीति प्रवेश गराउन नहुने बताएका छन्। आइतबार काठमाडौंमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।

उनले देशमा हरेक क्षेत्रमा राजनीति हाबी भएको उल्लेख गर्दै चलचित्र क्षेत्रले राजनीतिलाई नबोकी अघि बढ्नुपर्ने बताए। उनले कलाकारहरू राजनीतिक दलका संगठनहरूमा लागेर नियुक्तिका लागि पार्टीमा लाग्न छोड्नुपर्ने बताए।

उनले नेपालको चलचित्र क्षेत्रलाई विज्ञान र प्रविधिको विकाससँगै अघि बढाउन जरुरी रहेको बताए। उनले चलचित्र क्षेत्र सबैको माया पाउने क्षेत्रका रूपमा विकास हुन आवश्यक रहेको उल्लेख गरे।

उनले नेपाली चलचित्रले आफ्नो बहुआयामिक पहिचानलाई बचाइरहन आवश्यक रहेको बताए। अध्यक्ष तिमिल्सिनाले चलचित्र र चलचित्र पत्रकारहरूलाई थप माथि उठाउन सरकारले आवश्यक ध्यान दिन जरुरी रहेको बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर