टाटाको नेक्सन ईभी म्याक्स अब वीरगञ्जमा

टाटा मोटर्सको नेपालका लागि एक मात्र आधिकारिक विपतरक सिप्रदी ट्रेडिङ प्रा. लि. ले टाटाको नेक्सन ईभी म्याक्स वीरगञ्जस्थित प्राइम अटोमा एक कार्यक्रम गरी सार्वजनिक गरेको छ । सो कार्यक्रममा सिप्रदी ट्रेडिङ प्रा. लि. का तर्फबाट प्यासेन्जर भेहिकलका महाप्रबन्धक सावन्तजंग सिजापती र टाटा मोटर्सका तर्फबाट नेपालका लागि कन्ट्री म्यानेजर प्रशन्न रंगनाथनको उपस्थिति रहेको थियो ।

साथै प्रमुख अतिथिको रूपमा वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको उपस्थिति रहेको थियो । यातायात क्षेत्रको द्रुत विद्युतीकरण गर्ने आफ्नो प्रतिबद्धताअनुरूप टाटा मोटर्सले आजबाट नेक्सन ईभी म्याक्सको वीरगञ्जमा बिक्री वितरण सुरु गरेको हो ।

कम्पनीको सर्वोत्कृष्ट ढंगले बिक्री भइरहेको नेक्सन ईभी ४६ लाख ४९ हजार रुपैयाँको आकर्षक मूल्यमा उपलब्ध रहेको छ । उक्त गाडीमा ७.२ किलोवाटको वैकल्पिक चार्जरको पनि व्यवस्था गरिएको छ । उत्कृष्ट एवं दिगो ‘मोबिलिटी’ मा विश्वास राख्ने ग्राहकहरूलाई लक्षित नेक्सन ईभी म्याक्सले देशको समग्र विद्युतीय सवारी साधनको बजारलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ ।

उच्च भोल्टेजको उच्चतम जिपट्रन प्रविधियुक्त यो विद्युतीय गाडी इन्टेन–टिल, डेटना र प्रिसटिन गरी तीनवटा आकर्षक रङहरुमा उपलब्ध छ । त्यसैगरी स्ट्यान्डर्ड रङको रूपमा डुएल टन बडी पनि उपलब्ध छ ।

४०.५ किलोवाट प्रतिघण्टा क्षमता भएको लिथियम ब्याट्री प्याक जडित नेक्सन ईभी म्याक्सको ब्याट्रीको क्षमता अन्य ब्याट्रीहरूभन्दा ३३ प्रतिशतले बढी छ । यस कारणले यो गाडीले विना कुनै झञ्झट एआरएआईद्वारा प्रमाणित ४५३ किलोमिटर लामो रेञ्जको प्रत्याभूति गर्दछ । यसले ११० किलोवाट बराबरको शक्तिको अतिरिक्त पेडल थिच्ने बितिक्कै २५० एनएम बराबरको टर्क पैदा गर्छ । यस गाडीमा प्रयोग हुने ७.२ किलोवाटको एसी फास्ट चार्जर घर वा कार्यालयमा जडान गर्न सकिन्छ । जसले ६.५ घन्टाको छोटो अवधिमा नै चार्जिङ कार्य सम्पन्न गर्दछ । नेक्सन ईभी म्याक्सको ब्याट्री कुनै पनि ५० किलोवाटको डीसी फास्ट चार्जरको माध्यमबाट केवल ५६ मिनेटमा ० देखि ८० प्रतिशतसम्म चार्ज हुन्छ जुन आफैंमा अभूतपूर्व छ ।

उक्त कार्यक्रममा बोल्नुहुदै सिप्रदी ट्रेडिङ प्रा.लि. प्यासेन्जर भेहिकलका महाप्रबन्धक सावन्त जंग सिजापतीले भने, ‘हामीले नेक्सन ईभीको नयाँ संस्करण नेक्सन ईभी म्याक्स बिर्तामोडमा सार्वजनिक गर्न पाउँदा अत्यन्तै खुसी तथा उत्साहित छौं । नयाँ विशेषताहरू र थप सुविधायुक्त यस गाडीले हाम्रा ग्राहकहरूको विश्वास जित्न सफल हुने कुरामा विश्वस्त रहेका छौं । आगामी दिनमा पनि यहाँहरुको साथ र सहयोग यसैगरी निरन्तर रहिरहने छ भन्दै भविष्यमा पनि नयाँ तथा आधुनिक विशेषतासहित सेवा दिन सदैव प्रतिबद्ध रहेका छौं ।’

अनुभव गर्नुहोस् सर्वोत्कृष्टताको
नेक्सन ईभी म्याक्सको भित्री एवं बाहिरी बनावटबीच एक साँच्चै सुन्दर सामन्जस्यता छ । सेन्ट्रल कन्सोलमा व्यापक परिमार्जन गरी यसमा एक्टिभ मोड डिस्प्ले, मकराना बिज इन्टेरिएर र अगाडि बस्ने यात्रुको लागि भेन्टिलेसनसहितको लेदरेट सिट, एअर प्युरिफाएर, वायरलेस स्मार्ट फोन चार्जिङ जस्ता सुविधाहरू भएको ज्वेवेल्ड सेन्ट्रल नबको व्यवस्था छ । नेक्सन ईभी म्याक्स इको, सिटी र स्पोर्ट गरी जम्मा तीनवटा मोडहरूमा उपलब्ध छ ।

यस गाडीमा मल्टीमोड रिगेनको विशेषता छ, जसले चालकलाई फ्लोर कन्सोल रहेको स्विचमार्फत रिजेनेरेटिभ ब्रेकिङको लेभललाई सहज तरिकाले मिलाउन सहयोग गर्दछ । ड्राइभिङ अवस्थाअनुरूप रिगेनको चार विभिन्न लेबलहरूमध्ये एक प्रयोग गर्न सकिन्छ । लेभल ‘०’ मा शून्य रिक्युपरेटिभ ब्रेकिङदेखि लेभल ३ सम्म जसमा एउटै पेडल प्रयोग गरी गाडी हाँक्न सकिन्छ ।

नेक्सन ईभी म्याक्समा एक अर्को अभूतपूर्व विशेषता छ, जसमा यसको ब्रेक ल्याम्प रिगेन निश्चित लेभलमा पुगेपछि बल्दछ । यसले सडकका अन्य चालकहरूलाई सचेत गराउन मद्दत गर्दछ । यस विद्युतीय एसयूभीमा सुरक्षाको निम्ति आईभीबीएसीसहितको ईएसपी, हिल होल्ड, इलेक्ट्रोनिक पार्किङ ब्रेक र चारवटा डिस्क ब्रेकलगायतका गुणहरू छन् । ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरको वारेन्टी भएको ब्याट्री र मोटर टिकावट र विश्वसनीयताको लागि आईपीसिक्ससेभेनद्वारा प्रमाणित पनि छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर