काठमाडौंमा सुविधासम्पन्न पर्यटक बसपार्क निर्माण गर्न माग

नेकपा (एमाले) की सांसद विद्या भट्टराईले काठमाडौंमा सुविधासम्पन्न पर्यटक बसपार्क तत्काल निर्माण गर्न सरकारसँग माग गरेकी छन्।

बुधबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले देशका विभिन्न पर्यटकीय शहरहरूमा जाने पर्यटकहरूका लागि व्यवस्थित र सुविधासम्पन्न पर्यटक बसपार्क काठमाडौंमा निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएकी हुन्।

सांसद भट्टराईले नेपाल प्रवेश गरेपछि देशका विभिन्न ठाउँमा जाने पर्यटकहरू काठमाडौंमा बसपार्क नभएका कारण असुरक्षित भइरहेकाले पनि सरकारले उनीहरूलाई लक्षित गरेर बसपार्क बनाउन ढिलाइ गर्न नहुने बताइन्।

सांसद भट्टराईले सरकारले नेपाल भ्रमण दशक घोषणा गरे पनि त्यसअनुरूपको तयारी गर्न नसकेको भन्दै असन्तुष्टि जनाइन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर