भुटानी शरणार्थी प्रकरणको छानबिनमा सहयोग गर्न एमाले प्रतिबद्ध छ : योगेश भट्टराई

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सचिव एवं सांसद योगेशकुमार भट्टराईले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनका लागि सहयोग गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका छन्।

सचिव भट्टराईले प्रहरी महानिरीक्षक वसन्त कुँवरको पनि नाम सो प्रकरणमा जोडिएको उल्लेख गर्दै छानबिनमा सहयोग गर्न आग्रह गरे।

बुधबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गदै उनले सो प्रकरणमा छानबिन गर्नुपर्ने अवस्था नभए पत्रकार सम्मेलन गरेर भए पनि प्रहरी महानिरीक्षक कुँवरले स्पष्ट पार्नुपर्ने बताए।

सचिव भट्टराईले सो प्रकरणको छानबिनलाई निष्पक्ष, पारदर्शी स्वतन्त्र ढंगले अघि बढाउन नेपाल सरकारलाई पनि सचेत गराए।

सचिव भट्टराईले सो प्रकरणको छानबिनमा नेपाल प्रहरीमाथि हस्तक्षेप गर्न नहुनेतर्फ पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर