एमालेले संसद अवरूद्ध गर्नु ‘छोरी कुटेर बुहारी तर्साउनु’ जस्तो हो : मनिष झा

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले नेकपा (एमाले) ले संसद अवरूद्ध गर्नु छोरी कुटेर बुहारी तर्साउनुजस्तो भएको टिप्पणी गरेका छन्।

शुक्रबार नयाँ बानेश्वरस्थित संसद भवनबाहिर सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले सो टिप्पणी गरेका हुन्।

उनले एमालेले आज संसद अवरूद्ध गर्न आवश्यक नभएको बताए।

‘यो राजनीतिक एजेण्डा हो। यसमा प्रक्रियागत रूपमा पनि राजनीतिक सहमति खोजिराखेको एजेण्डा हो। सदनमा चाहिँ छोरी कुटेर बुहारी तर्साइरहेको हो,’ उनले भने, ‘त्यो भनेको नक्कली भुटानी शरणार्थी प्रकरण एउटा एजेण्डा हुन सक्छ। त्यसमा राजनीतिक दलहरूले आफ्नो कित्ताकाट, स्पष्टता र सुरक्षा खोजिराखेको हुन सक्छ। यो बाँधिएको कुराहरू हो। सरकार पनि कानूनी परिबन्दमा बाँधिएको छ। नीति कार्यक्रम पारित गर्नु छ।’

उनले कानूनी शासन सडकमा मात्र नभई सदनमा पनि लागू हुने बताए। कानूनी प्रक्रियाअनुसार विधान, संविधानले जे भन्छ त्यो नुसार अगाडि उनको भनाइ छ।

उनले पशुपतिको जलहरी प्रकरणलाई राजनीतिक मुद्दा बनाउन नहुने बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर