करिब २ करोडको रक्तचन्दनको तेलसहित ८ जना अवैध कारोबारी पक्राउ

रक्तचन्दको अवैध कारोबार गरेको आरोपमा आठ जना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले करिब दुई करोड रुपैयाँ बराबरको रक्तचन्दनको तेलसहित आठ जनालाई पक्राउ गरेको एसपी रवीन्द्र रेग्मीले जानकारी दिए।

काठमाडौं महानगरपालिका–६ चुच्चेपाटीमा ८० लिटर रक्तचन्दनको तेल प्रति लिटर साढे २ लाखका दरले अवैध कारोबार भइरहेको भन्ने सूचना प्रहरीले पाएको थियो।

उक्त सूचनाको आधारमा खटिएको टोलीले आठ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा चाबहिल बस्ने ३० वर्षीय सुशील पाठक, २८ वर्षीय विनोद बराल, कलंकी बस्ने ३६ वर्षीय ज्ञानबहादुर ओली, काँडाघारी बस्ने ३५ वर्षीय नविन दाहाल ३९ वर्षीय गोकर्ण हरि दाहाल, चाबहिल बस्ने ५८ वर्षीय निलकान्त भुसाल, ६३ वर्षीय मोहनबहादुर विश्वकर्मा र ४० वर्षीय खेमराज घिमिरे छन्।

उक्त रक्तचन्दनको तेल भारतबाट ल्याएको अनुसन्धानमा संलग्न प्रहरीले बताए। यसमा भारतबाट नेपालमै ल्याउने मुख्य व्यक्ति भने भुसाल हुन्।

रक्तचन्दनको तेल महंगा फर्निचरमा लगाउन र कस्मेटिक्स सामग्रीमा पनि प्रयोग हुने ती प्रहरीले बताए।

उनीहरूमाथि थप कारबाहीको लागि डिभिजन वन कार्यालय हात्तीसारमा पठाएको कार्यालयले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर