सरकारले सार्वजनिक जग्गाको दुरुपयोग नगरोस् : प्रदीप पौडेल

नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सार्वजनिक जग्गाको दुरुपयोग हुन नदिन सरकारसँग आग्रह गरेका छन्।

सोमबार गणतन्त्र दिवसको दिन काठमाडौंमा वामपन्थी नेता निर्मल लामा प्रतिष्ठानको नाममा छुट्याइएका जग्गामा वृक्षरोपण गर्दै उनले सार्वजनिक जग्गालाई नजिकका मानिसलाई दिन नहुने बताए।

सांसद पौडेलले सरकारले सार्वजनिक जग्गाको संरक्षण कसरी गर्ने भन्ने बारेमा स्पष्ट नीति ल्याउनुपर्ने बताए। उनले काठमाडौं क्षेत्र नम्बर ५ मा सार्वजनिक जग्गा खोजेर ती जग्गाहरूको संरक्षणका लागि आफूले वृक्षरोपण गर्ने बताए।

उनले काठमाडौंको महँगो जग्गा व्यक्तिले अतिक्रमण गर्ने स्थितिलाई अन्त्य गर्नुपर्ने बताए। सांसद पौडेलले निर्मल लामा प्रतिष्ठानको आवरणमा व्यापारिक केन्द्र बनाउन दिन नसकिने बताए। उनले केही मानिसको स्वार्थ पूरा गर्न लामाको सम्मानित नाम बदनाम नगर्न चेतावनी दिए।

सांसद पौडेलले सार्वजनिक जग्गा स्थानीय जनताको हितका लागि प्रयोग गर्नुपर्ने बताए। उनले सरकारले नजिकका मानिसको स्वार्थ पूरा गर्नका लागि सार्वजनिक जग्गा लिजमा दिए आफू विरोधमा उत्रिने पनि बताए।

सांसद पौडेलले वृक्षरोपण गरेको जग्गा आफ्नै पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री (अघिल्लो सरकार) भएको समयमा मन्त्रिपरिषदको बैठकले निर्मल लामा प्रतिष्ठानलाई दिने निर्णय गरेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *