प्रधानमन्त्रीले भारत भ्रमणमा लुम्बिनी र कपिलवस्तु समेटिएको नक्सा हटाउन कुरा राख्नुपर्छ : ओली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भारतको संसद भवनमा नेपालको भूमि समावेश गरिएको नक्सा (मुरल) राख्नु उचित नभएको बताएका छन्।

भारतको नयाँ संसद भवनमा काठमा कुँदिएको भारतको नक्सामा नेपालको लुम्बिनी र कुपिलवस्तु पनि रहेको भन्ने कुरा सुनिएको उल्लेख गर्दै यदि त्यो सत्य हो भने उचित नहुने ओलीले बताए।

अखिल नेपाल महिला संघले मंगलबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले भारतजस्तो एउटा पुरानो, सुदृढ र नमुना लोकतन्त्र भएको देशले त्यस्तो व्यवहार गर्न नमिल्ने बताए।

उनले प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमणका क्रममा सो नक्सा संसद भवनबाट हटाउने कुरा भारत सरकारसँग गर्नुपर्ने बताए। भारतसँग सो गल्ती सच्याउने बारेमा कुरा नगर्ने हो भने प्रधानमन्त्री दाहाल भारत भ्रमणमा जानुको कुनै अर्थ नहुने ओलीले बताए।

अध्यक्ष ओलीले शक्ति राष्ट्रहरूले बलमिच्याइँ गरिरहेकाले कमजोर मुलुकहरूले न्यायको खोजी गरिरहनु परेको पनि बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर