प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, राज्यमन्त्रीले गरिन् स्वागत

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको राजधानी नयाँ दिल्ली पुगेका छन्। प्रधानमन्त्री दाहाललाई दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतकी विदेश राज्यमन्त्री मीनाक्षी लेखीले स्वागत गरेकी छन्।

विदेशमन्त्री एस जयशंकर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका लागि अमेरिकामा रहेका कारण विदेश राज्यमन्त्री लेखी प्रधानमन्त्रीको स्वागतमा विमानस्थल पुगेकी थिइन्।

बुधवार दिउँसो १ बजे नेपाल एयरलाइन्सको नियमित उडानबाट प्रधानमन्त्री नेतृत्वको सरकारी प्रतिनिधिमण्डल भारत प्रस्थान गरेको थियो। भारतीय समकक्षी मोदीको औपचारिक निमन्त्रणामा उनी भारत गएका हुन्।

 

प्रधानमन्त्री दाहाल गत पुसमा तेस्रो पटक प्रधानमन्त्री भएपछि पहिलो पटक भारत भ्रमणमा गएका हुन्।

दिल्लीमा रहँदा प्रधानमन्त्री प्रचण्डले बिहीबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा द्विपक्षीय वार्ता गर्ने छन्।

द्विपक्षीय वार्तापछि दुई देशबीच केही समझदारी र सम्झौतामा हस्ताक्षर हुनेछ। दुवै प्रधानमन्त्रीले पत्रकार सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम पनि छ।

दिल्लीमा राजनीतिक भेटघाट सकेर प्रधानमन्त्री प्रचण्ड मध्य प्रदेशको उज्जैन जाने कार्यक्रम छ। उनी जेठ २० गते स्वदेश फर्कने छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर