कोशी प्रदेशकी स्वास्थ्यमन्त्री लिम्बूले दिइन् राजीनामा

जनता समाजवादी पार्टी (जसपा) बाट कोशी प्रदेशको स्वास्थ्यमन्त्री बनेकी निर्मला तावा लिम्बूले राजीनामा दिएकी छन्। विराटनगरमा पत्रकार सम्मेलन गरी उनले राजीनामा घोषणा गरेकी हुन्।

जसपाको प्रदेश समितिको बैठकले वर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो।

सोही बैठकले मन्त्री लिम्बूलाई सरकारबाट फिर्ता आउन आग्रह गरेको थियो। पार्टीको निर्णयलाई आफूले मान्ने भन्दै उनले राजीनामा दिएकी हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर