सरकार सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाधीनताको पक्षमा दृढ छ : गृहमन्त्री श्रेष्ठ

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र स्वाभिमानको पक्षमा दृढ रहेको बताएका छन्।

बुधबार मन्त्रालयमा राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उनले यस्तो बताएका हुन्।

उनले नेपालको राष्ट्रियतासँग सम्बन्धित मुद्दाहरूमा सरकारको ध्यानाकर्षण भएको बताए। उनले राष्ट्रिय हितविपरीतका गतिविधिमा कुनै सम्झौता नहुने स्पष्ट पारे। गृहमन्त्री श्रेष्ठले कतिपय मुद्दामा सरकारले भारतसँग कूटनीतिक माध्यमबाट छलफल गरिरहेको पनि बताए।

‘नेपालको राष्ट्रियतासँग सम्बन्धित मुद्दाहरूमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ। नेपाल सरकार राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता, स्वाभिमानको पक्षमा दृढ छ। यसमा कहिल्यै कुनै सम्झौता गरिने छैन,’ उनले भने, ‘यसको प्रतिकूल कुनै काम गरिने छैन। कतिपय मुद्दामा सरकारले भारतसँग कूटनीतिक माध्यमबाट छलफल गरिरहेको छ। ऐतिहासिक तथ्यका आधारमा छलफल गरिरहेका छौं। दुई देशको पारस्परिक हितको पक्षमा नै छलफल गर्नुहुनेछ।’

राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन लेभारतमा गत आइतबार उद्घाटन भएको नयाँ संसद भवनमा अखण्ड भारतको नक्सामा नेपालको सार्वभौम सत्ता, राष्ट्रिय अखण्डता र राष्ट्रियताविरुद्ध नेपालको भूभाग समेटेकोप्रति ध्यानाकर्षण गराएको छ।

भारतले सीमा अतिक्रमण गरेको, सीमावर्ती क्षेत्रमा अपराधिक क्रियाकलाप गरेको भए पनि सरकारले कुनै चासो नदिएको भन्दै सरकारको ध्यानाकर्षण गराएको हो।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *