‘अग्निपथ’ योजनाबारे दाहाल र मोदीबीच भएन छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भारतको सैन्य भर्ती योजना ‘अग्निपथ’ बारे छलफल भएन।

दाहाल र मोदीबीचको वार्तामा उक्त विषयमा कुराकानी नभएको भारतका विदेशसचिव विनयमोहन क्वात्राले पत्रकार सम्मेलनमा जानकारी दिएका हुन्।

योजनाबारे पत्रकारले राखेको जिज्ञासामा क्वात्राले दुई प्रधानमन्त्रीको भेटवार्तामा उक्त विषयमा छलफल नभएको बताएका हुन्।

भारतले आफ्नो सैनिक सेवामा अग्निपथ लागू गरेपछि गोर्खा भर्ती हुन सकेको छैन ।

याे पनि : अग्निपथ योजनामा भारत के चाहन्छ ? प्रचण्ड सरकारलाई यस्तो छ चुनौती

यस्तै क्वात्राले नेपाल-भारत प्रबुद्ध समूह (ईपीजी) प्रतिवेदन र शान्ति तथा मैत्री सन्धिको विषयमा पनि दुई प्रधानमन्त्रीबीच छलफल नभएको बताए।

क्वात्राले भने, ‘मेरो जानकारीमा भएअनुसार अग्निपथमा गोर्खा भर्ती, ईपीजी र शान्ति तथा मैत्री सन्धिको विषयमा दुई प्रधानमन्त्रीहरूबीच द्विपक्षीय र प्रतिनिधिमण्डलस्तरीय बैठकमा कुरा भएन।’

उनले भारतकाे नयाँ संसद भवनमा हालै राखिएको ‘अखण्ड भारत’ को मुरल नक्साका विषयमा पनि दुई प्रधानमन्त्रीबीच छलफल नभएको जानकारी दिए।

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर