अबको मिसन ‘सुशासन’ : मन्त्री गुरुङ

नेपाली कांग्रेसका उपसभापति एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले अबको बाटो सुशासनको भएको बताएका छन्। कांग्रेस प्रथम भीरकोट नगर सम्मेलनलाई आज स्याङ्जाको बयरघारीमा सम्बोधन गर्दै उनले भ्रष्टाचारीलाई कारवाही गर्नुपर्नेमा जोड दिए।

‘भ्रष्टाचारी प्रवृत्ति भएका जोकोहीलाई पनि कारवाहीको दायरामा ल्याउनुपर्छ, कारवाही हुनैपर्छ,’ उनले भने, ‘अनुसन्धानलाई अझै प्रभावकारी ढङ्गले अगाडि बढाऔँ, दोषी कोही उम्किन नपाऊन्।’

भुटानी शरणार्थीलगायत फाइलमा आफूहरूले प्रधानमन्त्रीलाई साथ दिएको दावी गर्दै उनले यस अभियानलाई निष्कर्षमा पुर्‍याउनुपर्ने बताए।

‘भ्रष्टाचार प्रवृत्तिको अन्त्य गर्दै देशलाई अब सुशासनको बाटोमा लैजानु आवश्यक छ,’ उनले भने, ‘देशमा सुशासन भएको प्रत्याभूति जनतालाई दिनुपर्ने भएकाले अब बोलेर हैन कामबाट देखाउनुपर्ने बेला आएको छ।’

नागरिकता विधेयकले आमाको नामबाट नागरिकता नपाएका, बाबु आमा नेपाली नागरिक भएर पनि छोराछोरीले नागरिकता नपाएका र गैर आवासीय नेपालीले नेपालको नागरिकता पाउने तर राजनीतिक नेतृत्व गर्न नपाउने गरी तीनवटा कुरा समेटिएको उनले जानकारी दिए।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर