असार ४ भित्र सबै आयोजनाहरूको म्याद थप नगरे काम ठप्प पारेर आन्दाेलन गर्छाैं : निर्माण व्यवसायी

निर्माण व्यवसायीहरूले आगामी असार ४ गतेभित्र सबै आयोजनाहरूको म्याद थपको निर्णय सरकारले नगरे निर्माणसम्बन्धी सबै कामहरू ठप्प पार्ने चेतावनी दिएका छन्।

नेपाल निर्माण व्यवसायी महासंघले आइतबार काठमाडांैमा पत्रकार सम्मेलन गरी सो चेतावनी दिएको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल, अर्थमन्त्री डा. प्रकाशशरण महतसँग पटक-पटक छलफल हुँदा गरिएको सहमतिअनुसार सबै आयोजनाहरूको म्याद थप यही असार ४ गतेभित्र नभए आफूहरू निर्माण कार्य नै ठप्प पारी आन्दोलनमा जान बाध्य हुने महासंघका अध्यक्ष रवि सिंहले बताए।

उनले विगत लामो समयदेखि आफूहरूले राख्दै आएको सो माग पूरा हुने गरी आगामी आर्थिक वर्षको बजेट नआएको भन्दै आपत्ति जनाए।

अध्यक्ष सिंहले निर्माण उद्योग अर्थतन्त्रलाई चलायमान पार्ने उद्योगहरूको पनि उद्योग भएकाले त्यसको माग सम्बोधन गरेर अघि बढ्न सरकारलाई फेरि पनि खबरदारी गर्नुपरेको स्पष्ट पारे।

महासंघले निर्माण व्यवसायीहरूको माग सम्बोधन अब पनि नभए सबै इजाजत राज्यलाई बुझाएर आन्दोलनमा होमिन बाध्य हुने पनि जनाएको छ।

महासंघले नेपाल सरकारलाई आर्थिक भार बढ्न नदिन र आयोजनाहरू अलपत्र हुने अवस्था आउन नदिन पनि निर्माण व्यवसायीहरूको सो माग सम्बोधन गर्न गम्भीर ध्यानाकर्षण गराउनु परेको बताएको छ।

सरकारले समयमै आवश्यक बजेटको व्यवस्था नगर्दा, आयोजनाहरूको म्याद थप नगर्दा मुलुकको पूर्वाधार निर्माणको कामले गति लिन नसकेको पनि अध्यक्ष सिंहले बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर