अवैधानिक रूपमा विदेश गएकाहरूलाई पनि वैधता दिने तयारी छ : मन्त्री भण्डारी

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारीलाई थप सुरक्षित र मर्यादित बनाइने बताएका छन्।

आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री भण्डारीले वैदेशिक रोजगारीका लागि नेपालीहरू जाने गन्तव्यस्थललाई सुरक्षित र मर्यादित बनाउने दायित्व सरकारले निर्वाह गर्ने बताएका हुन्। उनले वैदेशिक रोजगारमा गएका र फर्किएका नेपालीहरूको यकिन तथ्यांक राख्न पनि विभागहरूलाई निर्देशन दिए।

मन्त्री भण्डारीले अवैधानिक रूपमा नेपालबाट विदेश गएकाहरूलाई वैधता दिने सरकारको तयारी रहेको बताए। उनले नेपालबाट विभिन्न देशमा अवैधानिक रूपमा पर्यटक भिसालगायत अन्य जुनसुकै भिसामा गएर काम गरिरहेकाहरूलाई पनि वैधता दिएर नागरिकको साथमा सरकार छ भन्ने महसुस गराउन आवश्यक रहेको बताए।

उनले यो विषयमा सरकारले एउटा अभियान सञ्चालन गर्ने बताए। उनले नेपालीहरू अवैधानिक रूपमा गएका देशमा पनि कानूनी प्रावाधानका विषयमा छलफल गर्ने तयारी रहेको बताए। उनले वैदेशिक रोजगारका लागि विभिन्न मुलुकको ऐन र कानूनलाई ध्यानमा राखेर मात्रै सरकारले श्रम सम्झौता गर्ने बताए।

उनले सरकारले विदेशबाट फर्किएकाहरूको सीप र पुँजीलाई मुलुक निर्माणमा लगाउन सक्नुपर्ने बताए। उनले सरकारको मुख्य उद्देश्य श्रम बजारसम्म श्रमिकको सरल पहुँच र श्रम बजारमा आवश्यकताअनुसारको श्रमिकलाई तयार गर्नु रहेको बताए।

उनले मन्त्रालयअन्तर्गतका विभागहरूले वैदेशिक रोजगारीका विषयमा इमानदारिका साथ काम गर्नुपर्ने आवश्यकता रहेको बताए। उनले नेपालीहरू कुनै जानकारीबिना वैदेशिक रोजगारीमा जाने गरेको भन्दै वैदेशिक रोजगारीमा जानुपूर्व श्रमिकले पाउनुपर्ने जानकारी पाउनुपर्ने बताए।

उनले वैदेशिक रोजगारी क्षेत्रमा देखिएका समस्या प्रहरी प्रशासनको सहयोगले मात्रै समाधान नहुने बताए। उनले नीतिगत हिसाबमा इमानदार र नयाँ टेक्नोलोजीको प्रयोग गरेर काम गर्न आवश्यक रहेको बताए।

उनले सरकारले विभिन्न विभागहरू खोरज गर्ने भन्दा पनि व्यवस्थित बनाउन खोजेको बताए। उनले स्थानीय तहलाई बलियो बनाएर रोजगार सेवा केन्द्रबाट सबै खालका समस्या समाधान गर्न खोजिएको बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर