पोखरा जहाज दुर्घटना : क्षतिपूर्ति दाबी गर्न ३५ दिने सूचना

पोखरामा गत वर्षको १ माघमा भएको यती एयरलाइन्सको जहाज दुर्घटनाका पीडित परिवारलाई क्षतिपूर्ति हकदाबी गर्न ३५ दिने सूचना जारी भएको छ ।

एयरलाइन्सले कानुन बमोजिम पाइने क्षतिपूर्तिका लागि कानुनी व्यवसायी प्रधान एण्ड एसोसियट्स प्रालिको कार्यालय बखुण्डोलमा सम्पर्क गर्न आग्रह गरेको छ । उक्त दुर्घटनाका १८ जना पीडितका परिवारले क्षतिपूर्तिका लागि निवेदन दिएका छन् ।

सूचनामा उक्त निवेदनमा कुनै हकदाबी र विरोध भए पेश गर्न उल्लेख गरिएको छ । एयरलाइन्सले तोकेको कानुनी व्यवसायी प्रधान एण्ड एसोसियट्सबाट क्षतिपूर्ति प्रदान गर्न लागिएको हो ।

काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर ७२–९एन–एएनसी जहाज १ माघ २०७९ मा दुर्घटनामा परेको थियो । दुर्घटनामा चालक दलका ४ सदस्यसहित ७२ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर