बजेटबारे ओली- चीलको आँखाको जस्तो भिजन हुनुपर्थ्यो, लाटोकोसेराेको जस्तो भयो

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको बजेट नेपाल र नेपालीको राष्ट्रिय आकांक्षाप्रति विमुख रहेको बताएका छन्। समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने कुराभन्दा पनि बजेटमा अकर्मण्यता र शिथिलता मात्रै रहेको ओलीको आरोप छ।

मंगलबार प्रतिनिधिसभा बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उनले बजेटमा मुलुकको अर्थतन्त्रलाई सुदृढ गर्ने कुनै पनि भिजन नभएको दाबीसमेत गरे। बजेटमा चिलको आँखाको जस्तो भिजन हुनुपर्नेमा लाटोकोसेराको जस्तो भएको उल्लेख गर्दै उनले त्यसले मुलुकको अर्थतन्त्रलाई अघि बढाउन नसक्ने बताए।

ओलीले बजेटबारे आफूले गरेको टिप्पणीलाई आलोचना गर्नेभन्दा पनि उपलब्धिमा देखाउन सत्तारूढ गठबन्धनलाई चुनौती दिए।

उनले भने, ‘यसमा भिजनहीनता छ। यसले देख्दैन परसम्म। चीलको जस्तो आँखा हुनुपर्नेमा लाटोकोसेराको जस्तो छ बजेटको। यसले देख्दैन। भिजन छैन। पोलिसी छैन। त्यसकारण यसमा अकर्मण्यता छ र शिथिलता छ।’

अध्यक्ष ओलीले बजेटलाई सुतेर बसेको अजिंगरसँग तुलनासमेत गरे। सुतेर बसेको अजिंगरले जस्तो बजेटमा भन्सारबाट आउँला र खाउँला भन्ने आशा मात्रै रहेको ओलीले बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर