६ महिनादेखि लिभिङ टुगेदरमा, विवादपछि कुटपिट गरेर युवतीको हत्या

काठमाडौंको ठमेलमा युवतीलाई कुटपिट गरी हत्या गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु ६ महिनादेखि लिभिङ टुगेदरमा बस्दै आएका थिए । मृत्यु हुनेमा चितवन राप्ती नगरपालिका–७ घर भएकी २६ वर्षीया जेनिशा तामाङ छिन् ।

जेनिसाको हत्या आरोपमा काभ्रे धुलिखेल नगरपालिका १० का ३० वर्षीय अमर रञ्जितकारलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरु काठमाडौं महानगरपालिका–२६ ठमेल भगवती बहालस्थित एक घरमा भाडामा सँगै बस्दै आएका थिए ।

मादक पदार्थ सेवन (मापसे) गरी आपसमा सामान्य विवादपछि कुटपिटको घटना भएको प्रहरी अनुसन्धानमा देखिएको छ । घटनापछि युवक स्वयंले जेनिसालाई उपचारका लागि अस्पताल पु¥याएका थिए ।

गम्भीर घाइते भएकी युवतीको मंगलबार महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको काठमाडौं प्रहरीले जनाएको छ । प्रहरीले मंगलबार नै युवकलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर