सहकारीहरू आफ्नो नियम र अनुशासनमा नबस्दा समस्या आयो : सचिव रेग्मी

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले सहकारी संस्थाको अनुशासनलाई सुदृढ गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्।

बुधबार काठमाडौंमा आयोजित ‘सहकारीको विद्यमान चुनौती र समाधानको उपाय’ विषयक अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले सहकारीका समस्या समाधान हुन नसक्ने खालका नरहेको भन्दै साझा प्रतिबद्धता लिन आवश्यक रहेको बताए। उनले सहकारीका समस्यालाई ठूलो बनाउन जरुरी नरहेको जिकिर गरे।

उनले सबै सहकारी समस्याग्रस्त नरहेको र सबै सहकारी नभागेको भन्दै केही सहकारीका कारण सबै सहकारी संस्थाहरू अपमानित हुनु परेको बताए।

उनले सहकारीहरू आफ्नो नियम र अनुशासनमा बस्न नसक्दा समस्या आएको बताए। उनले सहकारी संस्थाहरूले आन्तरिक सुशासनको पालना गर्नुपर्नेमा जोड दिए।

सचिव रेग्मीले गलत प्रवृत्ति भित्र्याउने काम रोकेर सबैले स्वसुधार गर्न आवश्यक रहेको बताए। उनले असजिलो अवस्थामा अवरोध नभई एकताबद्ध हुुनपर्ने आवश्यकता हुने बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर