पहिचानवादीका नाममा देशभर एमालेमाथि हमला भइरहेको छ : ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले पहिचानवादीहरूलाई प्रोत्साहित गरी एमालेमाथि आक्रमण गराइरहेको आरोप लगाएका छन्।

बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा नेकपा (एकीकृत समाजवादी) पार्टी परित्याग गरी एमालेमा समाहित भएका मुकुन्द न्यौपानेसहितका नेता-कार्यकर्तालाई स्वागत गर्दै उनले यस्तो बताएका हुन्।

उनले पहिचानवादीका नाममा एमालेमाथि देशभर नै हमला गरिरहेको बताए। उनले कोशी प्रदेशमा सत्ता संरक्षित आपराधिक घटनाहरू भइरहेको दाबी गरे।

उनले पहिचानवादीका नाममा सत्तापक्ष नै मुठभेड गराउन लागिपरेको भन्दै अब नेकपा (एमाले) प्रतिवादमा उत्रिने बताए। उनले एमालेले पहिचानका नाममा भइरहेका आपराधिक क्रियाकलापको सामना गर्न नडराउने बताए।

अध्यक्ष ओलीले नेपाललाई जातिजातिका नाममा दंगाफसाद गराउने षड्यन्त्रबाट प्रधानमन्त्री पुष्पकमल दाहालले देशभर पहिचानको विष फैल्याउने कोसिस गरे पनि सफल नबनेको बताए। पहिचानवादको संरक्षक पुष्पकमलवादीहरू भएको भन्दै प्रचण्डपथ देशद्रोही र अपराधी पथ भएको जिकिर गरे।

अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालले कोशी प्रदेशको नाम आफैं सहमतिका साथ राखेर देशमा आन्दोलन भड्काउन फेरि पहिचानवादीको पक्ष लिइरहेको बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर