थुनुवा छुटाइदिने भन्दै ४ लाख रूपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ

कारागारमा रहेका थुनुवालाई छुटाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको चौतारा नगरपालिका-१ घर भई भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-९ बस्ने ४२ वर्षीय सञ्च तामाङ छन्।

तामाङले वैदेशिक रोजगार ठगी मुद्दामा कारागारमा रहेका थुनुवालाई छुटाइदिने भन्दै ४ लाख रूपैयाँ ठगी गरेको आरोप छ।

रकम लिएपछि फरार उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार काठमाडौंको बानेश्वरबाट पक्राउ गरेको हो।

पक्राउ परेका उनलाई थप अनुसन्धान एंव कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरी उपरीक्षक (एसपी) रवीन्द्र रेग्मीले जानकारी दिए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *