दूधकोशी जलविद्युत परियोजनामा लगानी प्रक्रिया अगाडि बढाउन एडीबीलाई अर्थमन्त्रीको आग्रह

अर्थमन्त्री डा. प्रकाशशरण महतले जलाशययुक्त दूधकोशी जलविद्युत परियोजनामा लगानी प्रक्रिया अगाडि बढाउन एशियाली विकास बैंकलाई आग्रह गरेका छन्।

बिहीबार अर्थ मन्त्रालयमा माथिल्लो अरुण जलविद्युत परियोजनामा लगानी जुटाउन विभिन्न दातृ निकायका प्रतिनिधिरूसँग छलफल भएको थियो। सो छलफलका क्रममा अर्थमन्त्री महतले जलाशययुक्त दूधकोशी जलविद्युत परियोजनामा पनि लगानी प्रक्रिया अगाडि बढाउन एशियाली विकास बैंकलाई आग्रह गरेका हुन्।

उनले सुक्खा याममा भारतबाट बिजुली आयात गर्नुपरेको उल्लेख गर्दै नेपाललाई धेरै जलाशययुक्त योजनाहरू आवश्यक रहेको उल्लेख गरे। उनले नेपालमा पेट्रोलियम पदार्थको उपभोग घटाउने क्रममा रहेको भन्दै यहाँ जलविद्युतको ठूलो सम्भावना रहेको बताए।

उनले विश्व बैंकले माथिल्लो अरुणमा लगानी गर्न खोज्नु सकारात्मक भएको बताए।

१०६१ मेगावाट क्षमताको अर्ध जलाशययुक्त माथिल्लो अरुण जलविद्युत परियोजनामा लगानी जुटाउन अर्थ मन्त्रालयमा विश्व बैंक, एशियाली विकास बैंक, जाइका, जर्मनी सरकार, ओपेक फण्ड, युरोपियन युनियन, युरोपियन लगानी बैंक, कुबेद फण्ड, जर्मन, नर्वे, साउदी विकास फण्डलगायतका दातृ निकायका प्रतिनिधिहरूसँग छलफल भएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर