राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका मेडिकल ल्याब टेक्नोलोजिस्ट ५० हजार घुससहित पक्राउ

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, काठमाडौंमा कार्यरत मेडिकल ल्याब टेक्नोलोजिस्ट (अधिकृत छैटौं तह) लेखनाथ भट्टराई ५० हजार रुपैयाँ पक्राउ परेका छन्।

ल्याब दर्ता प्रक्रिया अगाडि बढाउन सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग माग गरेको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले उनलाई शुक्रबार काठमाडौंको शंखमूलबाट पक्राउ गरेको हो।

घुस लिइसकेको अवस्थामा पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *