प्रचण्ड र बाबुरामविरुद्धको युद्ध अपराधसम्बन्धी रिट दर्ता गर्न सर्वोच्चको आदेश

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्धको युद्ध अपराधसम्बन्धी मुद्दा दर्ता गर्न आदेश भएको छ।

लेनिन विष्टसहित ९ जना पूर्व बाल सैनिकहरूले माओवादी आन्दोलनका अगुवा नेताद्वय दाहाल र भट्टराईविरुद्ध युद्ध अपराधमा कारबाहीको माग गर्दै दिएकाे रिट निवेदन दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको हो।

यसअघि सर्वोच्च प्रशासनले दरपिठ गरिदिएको सो रिट निवेदन न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले दर्ता गर्न आदेश दिएको हो।

निवेदकहरूले दाहाल र भट्टराईले आफूहरूलाई अनाहकमा युद्धमा लगाएको दाबी रिटमा गरेका छन्। उनीहरूले अनमिनको वर्गिकरणका क्रममा आफूहरूलाई ‘अयोग्य लडाकु’ घोषित गरेर शोषण गरेको दाबीसमेत गरेका छन्।

उनीहरूले बाल सैनिकका रूपमा पहिचान भएका आफूहरूजस्ता २९२७ जनालाई ‘अयोग्य लडाकु’ को मान्यता दिने निर्णयसमेत बदर गर्न माग गरेका छन्।

रिटमा आफूहरूलाई परिपूरण, क्षतिपूर्ति र न्याय दिलाउन विपक्षीहरूका नाममा परमादेश जारी गर्न निवेदकहरूले माग गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *