रेशम कुनै पनि पार्टीको सदस्य बन्न अयोग्य : रञ्जिता श्रेष्ठ

हत्या मुद्दामा कसुरदार ठहरिएकाले रेशम चौधरी कुनै पनि पार्टीको सदस्य बन्न अयोग्य रहेको नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले बताएकी छन् ।

रेशम नागरिक उन्मुक्ति पार्टी संरक्षक तथा रञ्जिताका श्रीमान्समेत हुन् । हत्या मुद्दामा दोषी ठहर रेशम राष्ट्रपतिबाट आममाफी पाएपछि जेलबाट रिहा भएका थिए ।

त्यसपछि उन्मुक्तिको महाधिवेशनले उनलाई अध्यक्षमा निर्वाचित गरेको थियो । तर, निर्वाचन आयोगले उनी अध्यक्ष बनेको विवरण अद्यावधिक गर्न अस्वीकार गरेको थियो । त्यसविरुद्ध रेशमले सर्वोच्च अदालतमा रिट निवेदन दिएको थियो ।

सर्वोच्चले रेशमको मागअनुसार अध्यक्ष बनाउन किन नमिल्ने भनी विपक्षीको नाममा आदेश जारी गरेपछि अध्यक्ष रञ्जिताले जवाफ दिएकी हुन् । श्रेष्ठले टीकापुर प्रकरणमा व्यक्ति हत्याको अभियोगमा दोषी ठहर भएकाले उनको माग बदरभागी रहेको जिकिर गरेकी छन् ।

कानुनले नैतिक पतन देखिने फौजदारी अभियोगमा दोषी ठहर भएर सजाय पाएका व्यक्तिलाई राजनीतिक दलको अध्यक्ष हुन रोकेको श्रेष्ठको भनाइ छ । उनले रेशमको कार्य नैतिकवान र सभ्य थियो भन्न नमिल्ले जवाफ दिएकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर