बजेट गोरखा, डडेलधुरा र नुवाकोट केन्द्रित भयो : गोकर्ण विष्ट

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सचिव एवं सांसद गोकर्ण विष्टले गोरखा, डडेलधुरा र नुवाकोटमा केन्द्रित हुने गरी बजेट आएको आरोप लगाएका छन्।

शुक्रबार प्रतिनिधिसभा बैठकमा सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भागलिँदै उहाँले सत्तारुढ दलका शीर्ष नेताहरूको पहुँचमा हुने गरी बजेट आएको भन्दै मान्य नहुने बताएका हुन्।

सचिव विष्टले बजेटले मुलुकको आर्थिक मन्दीलाई सम्बोधन गर्न नसक्ने दाबीसमेत गरे। उनले बजेटले मुलुकको समस्या समाधान गर्न नसक्ने बताए।

सचिव विष्टले वर्तमान सरकारले ल्याएको नीति, कार्यक्रम र बजेटले मुलुकमा विद्यमान कुनै पनि समस्या सम्बोधन हुन नसक्ने बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर