काठमाडाैंमा नेपाल-भारतका व्यवसायीबीच खाद्यवस्तुको भण्डारण र चिस्याउने डेरीबारे मेला सुरु

खाद्यवस्तुको चिस्याउने डेरी र भण्डारण गर्नेबारे मेला काठमाडौंमा आजबाट सुरु भएको छ। आगामी तीन दिनसम्म चल्ने यो मेलामा नेपाल-भारतका व्यवसायीहरू सहभागी भएका छन्।

खाद्यवस्तुको भण्डारण र चिस्याएर राख्ने विषयमा अहिले विश्वासमा आएको नविनतम प्रविधिबारे जानकारी दिन मेला आयोजना गरिएको आयोजकले बताएको छ। मेलाले प्रविधि र सामग्री उत्पादक व्यवसायीलाई सहजीकरण गर्ने आयोजकले बताएको छ।

मेलाले व्यवसायी व्यवसायीबीच सम्बन्ध बनाउने र व्यवसाय बढाउन सहयोग पुग्ने बताइएको छ। भारतबाट मेलामा सहभागी भएका गान्धी अटोमेसन्स प्रालिका प्रतिनिधि विनिल सल्लागरीले खाद्यवस्तुको प्रशोधन र चिस्याउने प्रविधि सामग्रीको बजार धेरै राम्रो रहेको र आफूहरुले प्रयोग गरिरहेको प्रविधि नेपालमा उपलब्ध गराउन लागेको बताए।

मेलाले व्यवसायी व्यवसायीबीच सम्बन्ध बनाउने र व्यवसाय बढाउन सहयोग पुग्ने बताइएको छ। भारतबाट मेलामा सहभागी भएका गान्धी अटोमेसन्स प्रालिका प्रतिनिधि विनिल सल्लागरीले खाद्यवस्तुको प्रशोधन र चिस्याउने प्रविधि सामग्रीको बजार धेरै राम्रो रहेको र आफूहरूले प्रयोग गरिरहेको प्रविधि नेपालमा उपलब्ध गराउन लागेको बताए।

नेपालमा खाद्यवस्तुको प्रशोधन, चिस्यान र भण्डारणमा प्रयोग हुँदै आएको प्रविधि र सामग्री आयातीत छन्। बजार बिस्तार हुँदै गए पनि यसमा प्रयोग हुने प्रविधि र सामग्री नेपालमै उत्पादन गर्न सकिएको छैन। मेलामा आफ्नो प्रविधिको प्रदर्शन गर्न आएका व्यवसायी इन्जिनियर अनिलकुमार आचार्यले बजार हरेक वर्ष बढ्दै गएको बताए। प्रदेश सरकारहरूले चिस्यान केन्द्र चिस्यान भण्डारण घरहरू बनाउने कार्यक्रम ल्याएसँगै कृषक र वयवसायीलाई खुसी बनाएको बताए।

नेपालमा यस प्रकारको प्रदर्शनी पहिलो पटक भएको हो। आजबाट शुरु भएको मेलामा नेपाल र भारतका ५० बढी व्यापारी, व्यवसायी सहभागी भएका छन्। मेलामा सामान बिक्री भन्दा पनि व्यवसायी सम्बन्ध बनाउन र प्रविधिबारे ज्ञान, सीप साटासाट गर्न साझा मञ्च हुने बताइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *