पार्टीका नेता-कार्यकर्तालाई एकताबद्ध भएर अघि बढ्न कांग्रेस सभापति देउवाको निर्देशन

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका नेता-कार्यकर्तालाई एकताबद्ध भएर अघि बढन निर्देशन दिएका छन्।

सभापति देउवाले पार्टीमा योग्य, जुझारु र गतिशील नेता-कार्यकर्तालाई उचित जिम्मेवारी दिन आफू प्रतिबद्ध रहेको समेत बताए।

शनिबार नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्यसमितिले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले प्रजातन्त्रलाई संकटमा आउन नदिन पनि नेपाली कांग्रेसलाई बलियो बनाउन लाग्नुपर्ने जिकिर गरे।

सभापति देउवाले प्रजातन्त्रमाथि फेरि संकट आउन नदिने गरी कांग्रेसलाई बलियो बनाउन देशभर संगठन निर्माणको अभियान सञ्चालन गर्न पनि सिंगो पार्टी पंक्तिलाई आह्वान गरे।

सभापति देउवाले गठबन्धन बनाएर चुनाव लडेका कारण नेपाली कांग्रेस सबैभन्दा ठूलो पार्टी बन्न पुगेको स्मरण पनि गराए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *