अर्थतन्त्र कमजोर हुनुमा विगतदेखिका बेथितिहरू मुख्य कारण हुन् : प्रदीप पौडेल

सत्तारूढ प्रमुख घटक नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले बजेटबारे सांसदहरूले दिएको सुझावलाई सम्बोधन गर्ने विधिबारे संसदलाई जानकारी गराउन सरकारसँग माग गरेका छन्।

आइतबार प्रतिनिधिसभा बैठकमा सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उनले सो माग राखेका हुन्।

उनले प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको नीति तथा कार्यक्रममा छुटेका विषय बजेटमा सम्बोधन हुने बताएको उल्लेख गर्दै सो विषय कसरी समावेश गर्नुहुन्छ भनी अर्थमन्त्री डा. प्रकाशशरण महतलाई प्रश्न गरे।

सांसद पौडेलले मुलुकको अर्थतन्त्र कमजोर हुनुमा विगतदेखिका बेथितिहरू मुख्य कारण रहेको औंल्याए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *