हिन्दूराष्ट्रका लागि ल्याइने संविधान संशोधनको प्रस्तावमा प्रधानमन्त्रीको अग्निपरीक्षा हुन्छ : लिङ्देन

देखाउनका लागि मात्रै पशुपतिनाथको दर्शन गरेको आराेप

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहालले जनतालाई देखाउनका लागि मात्रै पशुपतिनाथको दर्शन गरेको टिप्पणी गरेका छन्।

आइतबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

उनले देशको प्रधानमन्त्री, मन्त्री, प्रतिनिधिले हिन्दूराष्ट्रको मुद्दालाई अन्तरहृदयबाट नै स्वीकार गरेको भए स्वागतयोग्य रहेको बताए।

उनले प्रधानमन्त्री दाहालले भारत भ्रमणमा भारतीयहरूले गेरुवस्त्र लगाइदिएपछि पशुपतिनाथमा पहिलो पटक पुगेर नेपालीहरूलाई देखाउनका लागि मात्रै प्रधानमन्त्रीले पशुपतिनाथको दर्शन गरेको बताए।

उनले कसैलाई चित्त बुझाउनका लागि पशिुपतिनाथको दर्शन गरेको भए दुर्भाग्य भएको बताए।

उनले प्रधानमन्त्री दाहालले पशुपतिनाथको दर्शन गर्नुको रहस्य राप्रपाले हिन्दूराष्ट्र बनाउनका लागि ल्याएको प्रस्तावबाट पत्ता लाग्ने बताए।

उनले राप्रपाले उपयुक्त समयमा हिन्दूराष्ट्रका लागि संविधान संशोधनको प्रस्ताव ल्याउने त्यसमा प्रधानमन्त्री दाहालको अग्निपरीक्षा हुने पनि बताए।

अध्यक्ष लिङ्देनले आफूले धर्मको राजनीति नगरेको पनि स्पष्ट पारे। उनले हिन्दूराष्ट्र देशका लागि आवश्यक कुरा भएको बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *