एमालेले संसदलाई अनिर्णयको बन्दी बनाउन खोज्यो : रामहरि खतिवडा

सत्तारूढ नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले संसदलाई अनिर्णयको बन्दी बनाउन खोजेको आरोप लगाएका छन्।

आइतबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीमाझ उनले एमालेले संसदमा उठेको जलहरी प्रकरणको विषयमा छलफल नै गर्न नदिएर अपरिपक्वता प्रर्दशन गर्न खोजेको आरोप लगाउँदै त्यसको विरोध गर्ने बताए।

सांसद खतिवडाले महालेखापरीक्षकको प्रतिवेदनले औंल्याएको जलहरी प्रकरणबारे आफूहरूले संसदमा फेरि पनि कुरा उठाउने बताए।

सांसद खतिवडाले उठेका सबै विषयमा छलफल गर्न संसद स्वतन्त्र हुुनुपर्ने बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर