अनामनगरको सार्वजनिक जग्गामा महानगरले डोजर चलाएपछि तनाव

काठमाडौंको अनामनगरस्थित सार्वजनिक जग्गामा काठमाडौं महानगरपालिकाले डोजर चलाएपछि स्थानीयहरूले विरोध गरेका छन्।

सोमबार अनामनगरस्थित गोरखा एफएम चोकमा रहेको सार्वजनिक जग्गामा महानगरपालिकाले डोजर चलाएपछि स्थानीयहरूबीच विवाद सिर्जना भएको हो।

एक पक्ष स्थानीयहरू वर्षौंदेखि सार्वजनिक जग्गाको सुरक्षा गर्दै आएको र विपदको बेलामा आवश्यक पर्ने भएकाले भत्काउन नहुने पक्षमा छन् भने अर्को पक्षका स्थानीयहरू सरकारले सार्वजनिक जग्गाको उपयोगका लागि भत्काउन पाउने र आफ्नो संरचना बनाउन पाउने पक्षमा छन्।

स्थानीयरूबीच नै विवाद हुँदा अहिले स्थिति तनावग्रस्त छ।

काठमाडौं महानगरपालिकाले २९ नम्बर वडाको वडा कार्यालय बनाउन भत्काउन थालेको छ। अहिले महानगरपाकिलाले स्थानीयको विरोधका बीच डोजर चलाइरहेको छ।

स्थानीयहरूले भने काठमाडौं महानगरपालिकाको विरोध गरिरहेका छन्। उनीहरूले महानगरपालिकाले सार्वजनिक जग्गा पहिचान गरी आवश्यक ठाउँमा वडा कार्यालय बनाउन पाउने तर विपदको बेलामा उपयोग हुने जग्गा मिचेर वडा कार्यालय बनाउन नहुने उनीहरूको तर्क छ।

स्थानीयहरूले वडा कार्यालयबाहेकका अन्य कुनै पनि संरचना बनाउन महानगरपालिकालाई आफूहरूको समर्थन रहने प्रतिबद्धता जनाएका छन्।

महानगरपालिकाले भने स्थानीयहरूको मागलाई बेवास्ता गर्दै सार्वजनिक जग्गामा डोजर चलाइरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर