जग्गा रजिष्ट्रेशन पास गर्न घुस लिएको आरोपमा मालपोतका खरिदारसहित दुईविरुद्ध मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला मालपोत कार्यालय, बारामा कार्यरत खरिदार रामविश्वास साहसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

जग्गा रजिष्ट्रेशन पास गर्न सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस लिएको आरोपमा साहविरुद्ध मुख्य कसुरदार र गौरीशंकर कुमार कुशवाहाविरुद्ध मतियारका रूपमा मुद्दा दर्ता भएको हो।

सेवाग्राहीसँग लिएको १५ हजार रुपैयाँ घुससहित केही समयपहिले पक्राउ परेका उनीहरूविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दर्ता गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए।

खरिदार साहले कुशवाहलाई सेवाग्राहीबाट घुसकाे रकम लिन लगाएर कुशवाहमार्फत लिएको अनुसन्धानबाट खुलेको छ।

मुख्य कसुरदार साहविरुद्ध १५ हजार रुपैयाँ बिगो कायम गरी जरिवाना र कैद सजायसमेतको मागदाबी अख्तियारले लिएको छ।

यस्तै मतियार कुशवाहाविरुद्ध १५ हजार रुपैयाँ नै बिगो कायम गरी जरिवाना र मुख्य कसुरदार साहलाई हुने सजायको आधा सजाय मागदाबी गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर