वर्तमान सत्ता गठबन्धनका शक्तिहरू एकताबद्ध हुनुको विकल्प छैन : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धनका शक्तिहरू एकताबद्ध भएर अघि बढ्नुको विकल्प नरहेको बताएका छन्।

सोमबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।

उनले आफ्नो पार्टी अहिले सत्ता गठबन्धनमा सहभागी भएको र गठबन्धनका घटकहरूका बीचका धारहरूमा केही मतान्तर हुनु स्वाभाविक रहेको बताए।

उनले अहिले सत्ताधारी र विपक्षी गठबन्धन रहेको बताए। उनले सत्ताबाहिरको गठबन्धनमा संविधानमाथि गम्भीर आघात पुर्‍याउने र संघीयतामाथि विश्वास नगर्ने मात्र नभई संघीयता नै समाप्त पार्ने शक्तिहरू रहेको दाबी गरे।

उनले अहिलेको गठबन्धन लोकतान्त्रिक र प्रगतिशील गठबन्धन भएको बताए। उनले कमजोरीको आलोचना गर्न कमजोरीप्रति लतारिने स्वभाव आफूहरूको नरहेको बताए।

अध्यक्ष नेपालले सबै समाजवादी र वामपन्थी शक्तिहरू एकताबद्ध भएर अघि बढ्नुपर्ने अहिलेको आवश्यकता रहेको बताए।

उनले आफ्नो महत्त्व र भूमिकालाई अस्वीकार गर्नेहरूको चुनौतीको सामना गर्ने बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर