चीन भ्रमणमा रहेका राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनासँग एनपीसी अध्यक्षको भेटवार्ता

चीनको नेशनल पिपुल्स कंग्रेस (एनपीसी) स्थायी समितिका अध्यक्ष चाओ लेजीले राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भेटवार्ता गरेका छन्।

चीन भ्रमणमा रहेका तिमिल्सिनासँग अध्यक्ष लेजीले सोमबार बेइजिङमा भेटवार्ता गरेका हुन्।

 


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निकट भविष्यमा हुने चीन भ्रमणअघि नेपालका कम्युनिस्ट दलहरूबीच एकता गराउन चिनियाँ सक्रियता बढिरहेका बेला एमालेसम्बद्ध तिमिल्सिनासँग लेजीले भेटवार्ता गरेका हुन्।

भेटमा लेजीले दुई देशका विधायिका निकायबीचको सहकार्यलाई अगाडि बढाउने प्रतिबद्धता जनाएको नेपालका लागि चिनियाँ राजदूत छेन सङले बताएका छन्।

याे पनि – प्रचण्डको चीन भ्रमणअघि कम्युनिस्ट पार्टीबीच एकता गराउन चिनियाँ चलखेल

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *