माइतीघरमा एक युवकले गरे आत्मदाह प्रयास

काठमाडौंको माइतीघर मण्डलामा एक युवकले आत्मदाह प्रयास गरेका छन्।

शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका उनलाई प्रहरीले उद्धार गरेर उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगेको छ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एक अधिकारीका अनुसार नागरिकता माग गर्दै आन्दोलन गरिरहेकाहरूमध्ये एक युवकले आत्मदाह गर्ने प्रयास गरेका हुन्।

सर्वोच्च अदालतले नागरिकता विधेयक कार्यान्वयनमा रोक लगाएपछि नागरिकताविहीन संघर्ष समितिले माइतीघरमा निरन्तर प्रदर्शन गर्दै आएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर