मुख्यसचिवमा डा. अर्याल, बैरागी सुरक्षा सल्लाहकार

सरकारले मुख्यसचिवमा सचिव डा. बैकुण्ठ अर्याललाई बढुवागर्ने निर्णय गरेको छ । केही समयअघि बसेको मन्त्रीपरिषद्को आकस्मिक बैठकले अर्याललाई मुख्यसचिव बनाएको हो ।

३ असारमा सचिवको ५ बर्षे कार्यकाल सकिन लागेका डा. बैकुण्ठ अर्याललाई मुख्य सचिव नियुक्त गरिएको हो ।

यस्तै १८ असोजमा मुख्यसचिवको ३ बर्षे कार्यकाल सकिन लागेका हालका मुख्यसचिव शंकरदास बैरागीलाई राष्ट्रिय सुरक्षा परिषद्काे सल्लाहकार नियुक्त गरिएको  छ ।

उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सुरक्षा परिषद्काे सल्लाहकारकाे सपथ खुवाएका छन् ।

सरकारी स्राेतका अनुसार बैरागीसँगकाे पूर्व सहमति अनुसार असार १५ गतेदेखि अमृत राईको थप कार्यकाल सकिने न्यूयोर्कस्थित संयुक्त रास्ट्र संघका लागि स्थायी नियोग प्रमुखमा पठाउने तयारी भइरहेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *