बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पिस्तोलसहित पक्राउ

प्रहरीले बैंकिङ कसुर मुद्दाका एक जना फरार प्रतिवादीलाई पिस्तोलसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-३ का ३२ वर्षीय रमेश बानियाँ छन्।

उच्च अदालत पाटनले गत वर्ष चैत १८ गते पक्राउ पुर्जी जारी गरेका उनलाई प्रहरी वृत्त, गौशालाको टोलीले भक्तपुरको नयाँठिमीबाट बुधबार पक्राउ गरेको हो।

काठमाडौंको जयबागेश्वरीस्थित जेनिस अटो रिकन्डिसननजिक सडकखण्डमा बसिरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

प्रहरीको गाडी देख्नासाथ आफूले बोकेको कालो झोला सडकमा फालेर भागेका उनी नयाँठिमीबाट पक्राउ परेका हुन्। उनको झोला चेकजाँच गर्दा त्यसभित्र नाम नखुलेको पिस्तोल १ थान, पिस्तोलमा लाग्ने म्याग्जिन २ थान, म्याग्जिनमा गोली ११ थान फेला परेको प्रहरीले जनाएको छ।

झोला फ्याँकेर फरार उनलाई खोजतलासका क्रममा प्रहरीले भक्तपुरको नयाँठिमीबाट पक्राउ गरेको हो। पक्राउ परेका उनीविरुद्ध बैकिङ कसुर तथा हातहतियार खरखजानासम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर