नक्कली शरणार्थी प्रकरण : सकियो थुनछेक बहस, आजै आदेश आउने

नक्कली भुटानी शरणार्थी प्रकरण मुद्दाको थुनछेक बहस सकिएको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल इजलासमा दुवै पक्षबाट थुनछेक बहस सकिएको हो।

बिहीबारसम्म १८ जना प्रतिवादीका तर्फबाट बहस भएको थियो भने शुक्रबार पाँच जना सरकारी वकिल र जाहेरतर्फकासमेत गरी ७ जनाले जवाफी बहस गरेका हुन्।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न भएको अभियोग लागेका १८ जना प्रतिवादीतर्फको बहस बिहीबार सकिएको थियो।

थुनछेक बहस सकिएकाले आजै थुनछेक आदेश आउने अपेक्षा गरिएको छ।

यो प्रकरणमा संलग्न भनिएका १२ जना अझै फरार छन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर