वेस्टइन्डिज ‘ए’ विरुद्ध टस हारेर फिल्डिङ गर्दै नेपाल

वेस्टइन्डिज ‘ए’ विरुद्धको दोस्रो टी–२० खेलमा टस हारेर नेपालले फिल्डिङ थालेको छ ।

वेस्टइन्डिज ‘ए’ सँगको शनिबारको पहिलो खेल नेपालले ४ विकेटले जितेको थियो । २०५ रनको लक्ष्य नेपालले १९.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको थियो । कप्तान रोहित पौडेलले ५४ बलमा १० चौका र ६ छक्कासहित ११२ रन बनाएका थिए ।

दोस्रो खेलमा भने नेपालले ५ परिवर्तन गरेको छ । लोकेश बम, आरिफ शेख, सोमपाल कामी, आकाश चन्द र सागर ढकालले आज खेल्दै छन् । पहिलो खेलबाट विवेक यादव, प्रतिश जिसी, कमल सिंह ऐरी, अभिनाश बोहोरा र ललित राजवंशी बाहिर छन् ।

वेस्ट इन्डिजले पनि टोलीमा एक परिवर्तन गरेको छ । मध्यक्रमका ब्याटर कदिम एलेनेको स्थानमा स्पिनर हेडन वाल्स जुनिअर टोलीमा आएका छन् ।

नेपाली टोलीमा रोहित कुमार पौडेल (कप्तान), कुशल भुर्तेल, अनिल शाह, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन झा, सोमपाल कामी, आकाश चन्द, लोकेश बम, सागर ढकाल छन् ।

वेस्ट इन्डिज ‘ए’ टोलीमा रोस्टन चेज (कप्तान), एलिक अथान्जे (उपकप्तान), केसी कार्टी, जोनसन चार्ल्स, आन्द्रे फ्लेचर, म्याथ्यु फर्ड, ओबेद म्याककोय, गुडाकेश मोती, किमो पल, ओसेन थोमस र हेडन वाल्स छन् ।

दुई टोलीबीच तेस्रो खेल बुधबार, चौथो खेल बिहीबार र पाँचौं खेल शनिबार हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर