भारतबाट बढेर आयो इन्धनको मूल्य

भारतबाट इन्धनको मूल्य बढेर आएको छ। इण्डियन आयल कर्पोरेशन (आईओसी) ले पेट्रोलमा प्रतिलिटर ८६ पैसा र डिजेलमा ३७ पैसा बढाएर नेपाल आयल निगमलाई नयाँ मूल्यसूची पठाएको हो।

निगमका एक अधिकारीका अनुसार भारतबाट बढेर आए पनि नेपालमा भने मूल्य यथावत नै राख्नेबारे छलफल भइरहेको छ।

अहिले पेट्रोल प्रतिलिटर एक सय ७५, डिजेल र मट्टितेल एक सय ५५, हवाई इन्धन आन्तरिक एक सय ६० रूपैयाँ र बाह्य एक डलर ३५ सेन्ट अमेरिकी डलर र खाना पकाउने एलपीजी ग्यास प्रतिसिलिण्डर १८ सय रूपैयाँ छ।

आईओसीले नेपाल आयल निगमलाई पत्येक १५/१५ दिनमा पेट्रोलियम पदार्थको मूल्य पठाउँछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर