गृह मन्त्रालयले गर्‍यो प्रमुख जिल्ला अधिकारीहरूको सरुवा र पदस्थापन

गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूको सरुवा गरेको छ । अवधि पुगेका र सुगम र दुर्गम मिलाएर प्रमुख जिल्ला अधिकारीहरूको सरुवा र पदस्थापन गरिएको हो । १ असारमा मन्त्रालयले उक्त सरुवा तथा पदस्थापन गरेको हो ।

सामान्य प्रशासन मन्त्रालयबाट गृह मन्त्रालयमा आएका केही सहसचिवहरू,गृहमै अतिरिक्त समूहमा रहेका उनीहरूलाई पदस्थापन तथा सरुवा गरेको हो । त्यस्तै एउटा जिल्लामा अवधि पुगेकाहरूलाई सुगम र दुर्गम हेरेर सरुवा गरिएको हो ।

गृहमा अतिरिक्त रहेका गोपालकुमार अधिकारीलाई कञ्चनपुरको सीडीओ बनाइएको छ । त्यस्तै गृहको अतिरिक्त समूहमा रहेका शन्तबहादुर सुनुवारलाई रोल्पाको सीडीओ बनाइएको छ ।
त्यस्तै कञ्चनपुरका सीडीओ गोपाल प्रसाद अर्याललाई डोटीको सीडीओ बनाइएको छ । उनको अवधि पनि पुगेको र सुगम तथा दुर्गम हेरेर डोटीको सीडीओ बनाइएको हो ।

उता मकवानपुरका सीडीओ रहेका राजेन्द्र पाण्डेलाई सिरहाको सीडीओ बनाइएको छ । सिरहाका सीडीओ भोजराज खतिवडालाई खोटाङको सीडीओ बनाइएको छ । खतिवडा लाइ सुगम तथा दुर्गम हेरेर सरुवा गरिएको हो ।

त्यस्तै डोटीकी सीडीओ कल्पना श्रेष्ठलाई सरुवा गरेर नवलपरासीपूर्वको प्रमुख जिल्ला अधिकारी बनाइएको छ । त्यस्तै खोटाङका सीडीओ सूर्य सेढाईंलाई मकवानपुरको प्रमुख जिल्ला अधिकारी बनाइएको छ । उनीहरूलाई पनि सुगम र दुर्गम हेरेर सरुवा गरिएको हो । त्यस्तै रोल्पाका सीडीओ परमानन्द घिमिरेलाई काभ्रेको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ ।

त्यस्तै कारागार कार्यालय मोरङमा गृह मन्त्रालयमा रहेका कृष्णबहादुर खड्कालाई सरुवा गरेको छ भने रामेछापका सहायक सीडीओ अनुज घिमिरेलाई इलाका प्रशासन कार्यालय धरानमा सरुवा गरेको छ । त्यस्तै जाजरकोटका सहायक सीडीओ गंगाबहादुर क्षेत्रीलाई कास्कीको सहायक सीडीओ बनाइएको छ । त्यस्तै काभ्रेको सहायक सीडीओ महेश कुमार पोखरेललाई गृह मन्त्रालयमा ल्याइएको छ ।

त्यस्तै काठमाडौंका विभिन्न कार्यालयहरू त्रिभुवन विमानस्थल अध्यागमन, राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग, अध्यागमन विभाग र काठमाडौंका विभिन्न कार्यलयमा कार्यरत र अवधि पुगेका २८ शाखा अधिकृतलाई काठमाडौंबाहिर सरुवा गरेको छ । उनीहरूको अवधि पुगेको र सुगममा बसेकाहरूलाई काठमाडौंबाहिर पठाइएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर