स्रोत नखुलेको ५३ लाख रूपैयाँसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट महिला पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको ५३ लाख रूपैयाँ बढी रकमसहित एक महिला पक्राउ परेकी छन्। पक्राउ पर्नेमा पर्वत घर भएकी ७० वर्षीया बीबीकुमारी गुरूङ छिन्।

आइतबार दिउँसो पक्राउ परेकी उनको साथबाट प्रहरीले स्रोत नखुलेको तथा भन्सार उद्घोष नगरेको ५३ लाख ८ हजार ५ सय रूपैयाँ बरामद गरेको छ।

बुद्ध एयरको उडानद्वारा काठमाडौंबाट भैरहवा जान लागेकी गुरूङलाई विमानस्थलको आन्तरिक उडानतर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियाको एक्सरे मेसिनमा स्क्रिनिङ गर्ने क्रममा उनको साथमा रहेको झोलाभित्र उक्त नगद फेला परेको हो।

उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर, काठमाडौं पठाइएको विमानस्थल प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *